Comments Add Comment

एभरेष्ट म्याराथनमा ३० देशका २०० बढी धावक

१० दिन हिडेर नाम्चे पुग्ने

२ जेठ, काठमाडौं । तेन्जिंग हिलारी एभरेष्ट म्याराथनको १७ औं संस्करणमा १५५ विदेशीसहित २०० बढी धावकले भाग लिने भएका छन् ।

एभरेष्ट म्याराथन प्रत्येक वर्ष सगरमाथा प्रथम पटक आरोहण भएको दिन २९ मेमा आयोजना गरिन्छ । उक्त दिन सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए ।

म्याराथन सगरमाथा आधार शिविरबाट शुरु भइ नाम्चेबजारमा समापन हुने आयोजक हिमालय एक्सपिडिसन्सका प्रवन्ध निर्देशक बिक्रम पाँडेले जानकारी दिए ।

म्याराथनमा धावकहरुले तीन स्पर्धामा उत्रनेछन् । फुल म्याराथन (४२.१९५ किमि), एभरेष्ट एक्स्ट्रीम अल्ट्रा (६० किमि) र हाफ म्याराथन (२१ किमी)मा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

१५५ विदेशी धावकमध्ये ५९ जना महिला छन् । कूल सहभागीमध्ये १२५ जना फुल म्याराथनमा प्रर्तिस्पर्धा गर्ने आयोजकको भनाइ छ । म्याराथनमा विश्वका ३० देशका धावक सहभागी हुनेछन् ।

म्याराथन आयोजक हिमालय एक्सपिडिसन्सका अभिषेक पाँडेका अनुसार धावक बिहीबार नै सगरमाथा क्षेत्रतर्फ प्रस्थान गरेका छन् ।

म्याराथान उच्च हिमाली क्षेत्रमा आयोजना हुने भएकाले धावकलाई १० दिनको पदयात्रा गराएर सगरमाथा आधार शिविर पुर्‍याइने उनले जानकारी दिए ।

यस वर्ष नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले समेत म्याराथनमा भाग लिने आयोजकको भनाइ छ । फुल म्याराथनतर्फ खुल्ला स्पर्धाका प्रथम तीन विजेताले क्रमशः २ लाख, १ लाख र ७५ हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment