+
+
Shares

४ महिनामा भित्रिए साढे ४ लाख पर्यटक

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २ गते २१:००

२ जेठ, काठमाडौं । अंगे्रजी महिनाको पहिलो ४ महिना -जनवरी-अपि्रल)मा करीव साढे ४ लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा कूल ४ लाख ४५ हजार १ सय ९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्लो वर्ष ४ महिनामा ३ लाख ८६ हजार ३० जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । यस वर्ष अघिल्लो वर्षको तुलामा १५.३० प्रतिशत बढी पर्यटक भित्रिएको बोर्डले उल्लेख गरेको छ ।

४ महिनामा भारतभन्दा चीनबाट बढी पर्यटक नेपाल भित्रिएका छन् । यस अवधिमा ६४ हजार ५ सय ७८ जना चिनियाँ पर्यटक आएका छन् । भारतीय पर्यटकको संख्या भने ६० हजार ४ सय ३८ रहेको छ । अमेरिकाबाट ३२ हजार ७ सय ४० पर्यटक आएका छन् ।

यस अवधिमा दक्षिण एसियाली भेगबाट ९७ हजार १ सय ६८, एसियाका अन्य मुलुकबाट १ लाख ४० हजार ९ सय ६०, यूरोपबाट ८५ हजार २७ र अमेरिकी मुलुकबाट ३९ हजार ९ सय १० पर्यटक भित्रिएको बोर्डले उल्लेख गरेको छ । ओसियाना क्षेत्रबाट भने १४ हजार ४ सय पर्यटक आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?