Comments Add Comment

मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन राजपाको माग

३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले मिडिया काउन्सिलसम्बन्धी विधेयकसहित ३ वटा विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ ।

शुक्रबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले मिडिया काउन्सिलसम्बन्धी विधेयक, राष्ट्रिय मानव अधिकार आयोग ऐनको संशोधन विधेयक र राष्ट्रिय सुरक्षा परिषदसम्बन्धी विधेयक फिर्ता लिन माग गरेको हो ।

मिडिया काउन्सिलसम्बन्धी विधेयकले प्रेस स्वतन्त्रता हनन गरी नियन्त्रण गर्न ल्याइएको राजपाले जनाएको छ ।

त्यस्तै राष्ट्रिय सुरक्षा परिषदसम्बन्धी विधेयकमा प्रधानमन्त्रीले चाहेमा सेना परिचालन गर्न सक्ने व्यवस्था गरिएको र राष्ट्रिय मानव अधिकार ऐनको संशोधन विधेयकमा मानव अधिकारमाथि अंकुश लगाउन खोजिएको राजपाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment