Comments Add Comment

‘वीर विक्रम २’ मा वर्षाको आशालाग्दो काम

शुक्रबार अर्थात आजबाट रिलिज भएको चलचित्र ‘वीर विक्रम २’ले औषत सुरुवात गरेको छ । चलचित्रको व्यापार सिंगलमा भन्दा मल्टिप्लेक्समा केही सुखद छ । तर, चलचित्रको व्यापार भोलीबाट अझै बढ्न आवश्यक छ । दुई साथीको मित्रता, प्रेमको कथामा तयार भएको यो चलचित्रमा नायिका वर्षा सिवाकोटीको सोलो भूमिका छ । वर्षाले पनि लामो समयदेखि आफूले च्यालेन्जिङ भूमिका गर्न नपाएको बताउँदै आएकी थिइन् । चलचित्र रिलिज अगाडि वर्षाले आफ्नो करिअरकै उत्कृष्ट चलचित्र भनेर समेत भनेकी थिइन् । के वर्षाले भने जस्तै, उनको भूमिका र काम सशक्त छ त ?

चलचित्रमा ‘बादल’ नाम गरेकी यूवतीको भूमिकामा देखिएकी वर्षाले सशक्त काम गरेकी छिन् । उनको अभिनयले दर्शकलाई तान्छ । वर्षाले भने जस्तै, उनले लामो समयपछि एउटा सशक्त भूमिकामा राम्रो काम गरेकी छिन् ।
विशेषगरि, गाउँमा सबैतिरबाट हेपिए पनि उनी सशक्त यूवतीको भूमिकामा छिन् । जसले, आफ्नो इज्जत र स्वभाविमानका लागि कसैसँग पनि झुक्न आवश्यक छैन भन्ने सन्देश दिन्छ ।

वर्षाको अभिनय सशक्त छ । चलचित्रको व्यापार कस्तो हुन्छ, त्यो आइतबारबाट भन्न सकिएला । तर, ‘वीर विक्रम २’ले वर्षाको करिअरलाई भने धेरै असर गर्ने पक्का छ । निर्देशक चाम्सले वर्षालाई पावरफूल भूमिका दिएका छन् । उनले, भूमिकालाई न्याय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment