Comments Add Comment

सांसदकै उपस्थितिमा सडक बोर्डको ढाँटमा आगजनी, प्रहरी घाइते

Photo Credit : आगजनीका क्रममा घाइते भएकी असई खड्का ।

३ जेठ, चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका १२ मा रहेको सडक बोर्ड नेपालको सडक दस्तुर सङ्कलन गर्ने ढाँटमा शुक्रबार आगजनी भएको छ ।

प्रदेशसभाका सांसद कृष्णप्रसाद खनालको उपस्थितिमा स्थानीयको एक समूहले सडक दस्तुर संकलन केन्द्रमा आगजनी गरिएको हो । आगजनीका क्रममा एक जना प्रहरी सहायक निरीक्षक कल्पना खड्का गम्भीर घाइते भएकी छिन् ।

चितवनका डिएसपी दीपेन्द्र शाहका अनुसार बिहान ११ बजे ३०÷४० जनाको समूहले पेट्रोल छर्किएर ढाँटमा आगो लगाएका हन् । आगजनीका क्रममा घाइते भएकी असई खड्काको हात, खुट्टा, शरीर र टाउकोमा आगोले पोलेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आगलागीबाट ढाटमा रकम सङ्कलन गर्न कर्मचारी बस्ने गरेको काउण्टर पूर्ण रुपमा क्षति भएको छ । पूर्वी चितवनवासीले यसअघिनै सो ठाउँबाट ढाट हटाउन माग गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रदेश सांसद खनालले भने आफू घटनास्थलमा भए पनि आगो लगाउने काम आफ्नो नेतृत्वमा नभएको जिकिर गरे । प्रहरीले ठेकदारसँग आर्थिक प्रलोभनमा परी त्यहाँ ढाट राख्न दिएको भन्दै अब तत्काल ढाट नहटाए स्थानीयले सहेर नबस्ने सांसद खनालले वताए ।

उनले ढाँटलाई जिल्लाको सीमा क्षेत्र (जिरो किलोमिटर) मा लैजानुपर्ने बताए । सदरमुकाम आउँदा जाँदा समेत राजस्व तिर्नु परेपछि पूर्वी चितवनवासी मर्कामा परेको उनको भनाइ छ ।

रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीसमेत सो क्रममा उपस्थित भएको प्रहरीले जनाएको छ । रेग्मीले घटनामा आफूहरुको संग्लनता नभएको दावी गरे । ढाँटमा आगो लगाएको आरोपमा प्रहरीले रेष्टुरेष्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment