+
+
Shares

लगानीयोग्य वातावरण बनाउन बजेट केन्द्रित हुन्छः अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३ गते १८:५३
Photo Credit : File Picture

३ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट लगानीयोग्य वातावरण बनाउन केन्द्रित हुने बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधीहरुसँगको छलफलमा अर्थमन्त्री खतिवडाले सरकारको प्राथमिकतामा कृषि, उर्जा, पर्यटन र पूर्वाधार विकास रहेको उल्लेख गरे ।

अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने भन्दै अर्थमन्त्रीले प्रक्रियागत झण्झट हटाउनतर्फ सरकार गम्भीर रहेको बताए ।

शुक्रबार निजी क्षेत्रका प्रतिनिधिले अर्थमन्त्री समक्ष लिखित सुझाव दिएका छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोर, नेपाल चेम्वर अफ कमर्सका कार्यबाहक अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष हिम रावल, नेपाल राष्ट्रिय व्यापार संगठनका प्रतिनिधिलगायत सहभागी दिए ।

छलफलमा निजी क्षेत्रको तर्फबाट आगामी बजेटमा उच्च एवम् दिगो आर्थिक बृद्धि, उर्जा, पूर्वाधार विकास, पर्यटन, कृषि तथा वन क्षेत्रको व्यवसायिकरणलगायत विषयलाई प्राथमिकतामा राख्न सुझाव दिए । बाझिएका ऐन कानुनमा सुधार, बैंकिङ, बीमा, कर तथा राजश्वका दर दायरामा थप स्पष्टता आवश्यक रहेको निजी क्षेत्रको सुझाव थियो ।

निजी क्षेत्रका प्रतिनिधिले संघीयतामा कर प्रशासन, आय कर, अन्तः शुल्कलगायतका विषय सहज बनाउन पनि सुझाव दिए । राजश्व परामर्श समितिले प्रतिवेदन बुझाउनु अघि निजी क्षेत्रका प्रतिनिधिहरुसँग अर्थ मन्त्रालयले अन्तिम छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?