Comments Add Comment

आँचल र वर्षा मेरा मिल्ने साथीः वर्षा सिवाकोटी

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘वीर विक्रम २’ले २ दिन सिंगल हलमा राम्रो व्यापार गरेपछि नायिका वर्षा सिवाकोटी उत्साहित छिन् । यो चलचित्रबाट उनले आशा पनि धेरै राखेकी थिइन् । यो चलचित्रले मित्रता र प्रेमको कथालाई उठान गरेको छ । चलचित्रमा नायक पल शाह र नाजिर हुसेनको मित्रता देखाइएको छ ।

शनिबार दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न हल पुगेकी नायिका वर्षा सिवाकोटीलाई तपाइको चलचित्र क्षेत्रमा मिल्ने साथी को–को छन् भनेर पत्रकारले प्रश्न राखेका थिए । जसमा सिवाकोटीले भनिन्–‘मेरो त पल, नाजिर नै मिल्ने साथी हुनुहुन्छ ।’
‘वीर विक्रम २’को टिम भन्दा बाहिरको कोही छ, पत्रकारले फेरि प्रश्न सोधे । यसमा वर्षाले भनिन्–‘म आँचलसँग मिल्छु । वर्षा राउत पनि मेरो मिल्ने साथी हुन् ।’

चलचित्र क्षेत्रमा २ वर्षाविच दुश्मनी छ भन्ने चर्चा चल्छ । तर, वर्षाले भने वर्षा राउतलाई आफ्नो मिल्ने साथी बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment