+
+
Shares

सिटी विश्वका उत्कृष्ट क्लब- कप्तान कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ५ गते १४:२४

५ जेठ, काठमाडौं । एफए कपको उपाधि म्यानचेस्टर सिटीले जितेसँगै कप्तान भिनसेन्ट कम्पनीले विश्वकै उत्कृष्ट क्लब भएको बताएका छन् ।

म्यानचेष्टर सिटीले फाइनलमा वाटफोर्डलाई ६-० गोलअन्तरले पराजित गर्दै शनिबार राति एफए कपको उपाधि उचाल्यो । सिटीको जितमा रहिम स्टर्लिङ र गाब्रियल जेसुसले समान दुई गोल गरेका थिए भने बेर्नान्डो सिल्भा र केभिन डि ब्रुयनले समान १-१ गोल गरेका थिए ।

यो एफए कपको उपाधि जितेसँगै सिटीले कीर्तिमान कायम पनि गरेको छ । एकै सिजनमा इंग्लिस पि्रमियर लिग, काराबाओ कप र एफए कपको उपाधि जित्दै सिटीले इतिहास बनाएको हो ।

कप्तान कम्पनीले भनेका छन्, ‘मेरो लागि यो विश्वकै उत्कृष्ट क्लब हो ।

उपाधि जितेपछि प्रशिक्षक पेप गार्डिओलाले म्यानचेस्टर सिटी अझै राम्रो हुने बताउँदै भनेका छन्, ‘क्लबका सबैलाई धेरै बधाई छ । विशेषगरी खेलाडीलाई । किनभने खेलाडीकै कारण हामीले यो उपलब्धि हासिल गरेका छौं ।’

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?