५ जेठ, विराटनगर । सरकाले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबिरुद्ध मोरङका पत्रकारले रोएर विरोध गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका प्रेस युनियनमा आवद्ध पत्रकारहरुले बिधेयकले प्रेस स्वतन्त्रता कुण्ठित हुने बताउँदै रोएर विरोध जनाएका हुन ।
आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरु ठूलो स्वरमा रुन थालेपछि प्रशासन कार्यालय आएका सेवाग्राही अचम्मित भएका थिए । नागरिकता, पासपोर्ट बनाउन आएका सेवाग्राही र बाटो हिड्ने यात्रुको पत्रकारको रुवाइ हेर्न भीड लागेको थियो ।
प्रेस युनियन मोरङका सभापति कुमार लुइटेलले प्रेस स्वतन्त्रता नै कुण्ठित हुने गरी सरकारले ल्याएका विधेयक हुबहु पारित भए पत्रकार रुने अवस्था आउने भन्दै आफूहरुले आधा घण्टा रोएर विरोध गरेको जानकारी दिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4