Comments Add Comment

ट्राफिकको नयाँ नियम : अब मोटरसाइकलमा पछाडि बस्नेलाई पनि हेलमेट

५ जेठ, काठमाडौं । अब दुई पाग्रे सवारीसाधान मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले दुर्घटना न्यूनीकरणका लागि नयाँ नियम प्रस्ताव गरेको हो । ‘अब नयाँ सवारी ऐन आउँदैछ । त्यसमा यो प्रावधान राख्न लागिएको हो’, महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले भनेका छन् ।

उनका अनुसार हेलमेट आईएसओ मान्यता प्राप्त मात्र प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

पछिल्लो समय दुई पांग्रे सवारीका कारण दुर्घटनाको हुने क्रम बढेको ट्राफिक प्रहरीले जनाएको छ । महाशाखाले यातायात व्यवस्था ऐनमा संशोधन गरी हेलमेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गर्न यातायात व्यवस्था विभागमा अनुरोध गरेको छ ।

यदि ऐन संशोधन भएमा देशभरी नै मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्नेछ ।

डा. उपेन्द्र देवकोटाले स्वास्थ्यमन्त्री भएको बेला मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याएका थिए । तर, त्यसले नियमितता पाउन सकेन ।

हेल्टेम लगाएर पछाडि बस्ने व्यक्ति अपराधका घटनामा संलग्न भएको भन्दै यो व्यवस्था हटाइयो । केही वर्ष पहिला पनि ट्राफिक प्रहरीले मोटरसाइकलमा सवार दुवै जनाले हेल्मेट लगाउनुपर्ने बताएको थियो तर, यसले निरन्तरता पाएन ।

यो पनि पढ्नुहोस हेल्मेट भिर्दैमा सुरक्षित भइँदैन, गुणस्तर पनि हेरौं

मोटरसाइकलको पछाडि बस्ने मानिस दुर्घटना हुनासाथ हुत्तिने भएकाले उच्च जोखिममा हुन्छ । हेलमेटको मापदण्डको कानुन आएपछि डबल हेल्मेट लगाउनुपर्ने नियमलाई पनि अनिवार्य रुपमा लागू गराउने एसएसपी पन्त बताउँछन् ।

ट्राफिक प्रहरीले कारबाहीमा परेका व्यक्तिको सहजताका लागि अनलाइन पेमेन्ट सेवा पनि सुरु गर्दैछ । ‘हामीले सडकमै रसिद काट्न मिल्ने गरिको सिस्टम बनाइरहेका छौं । यसबाट मोबाइलबाटै जरिवाना तिर्न सकिनेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment