+
+
Shares

अनसनरत नर्सहरुको माग पूरा गर्न डा. केसीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ५ गते १५:४४

५ जेठ, काठमाडौं । डा. गोविन्द केसीले अनसनरत दुई नर्सको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार विज्ञप्ति जारी गरी केसीले स्वास्थ्य सेवा प्रवाहमा अद्धितीय भूमिका निर्वाह गर्ने नर्सहरु चर्को श्रम शोषणमा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, आफ्ना जायज माग सुनुवाई नभएपछि अनसन बस्दासमेत सम्बन्धित निकायले चासो नदिनु लाजमर्दो कुरा भएको बताएका छन् ।

विभिन्न माग राख्दै मानव अंग प्रत्यारोपण केन्द्रकी नर्स दिक्की शेर्पा र नर्सिङ संघकी सदस्य जिता बराल अनसनमा बसेको १० दिन भइसकेको छ ।

उनीहरुको मागको विषयमा अहिले स्वास्थ्यम न्त्रालयमा नर्सिङ संघको अध्यक्ष तारा पोखरेल लगायतको टिमसँग वार्ता भइरहेको छ । यसअघि पटक पटक बसेको वार्ता सफल भएको थिएन । आन्दोलनका क्रममा नर्सहरु तीनपटक प्रहरी हिरासत पुगेका थिए ।

‘अनसनरत नर्सहरुको बिग्रदो स्वास्थ्य अवस्था तथा उहाँहरुको मागप्रति देखाएको चरम असंवेदनशीलप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ’ केसीले विज्ञप्तिमार्फत भनेका छन्, ‘नर्सहरु चर्को श्रम शोषणमा पर्नु, माग पुरा गर्न सुनुवाई नहुनु र उनीहरुप्रति राज्य र सम्बन्धित निकाय संवेदित नहुनु समाजकै लागि लाजमर्दो कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?