Comments Add Comment

सुरविनासँग मुकुनको ‘लुकिछिपी’ प्रेम

चलचित्र ‘बुलबुल’मा काम गरेर चर्चा पाएका मुकुन भुषालले ‘लुकिछिपी’ बोलको म्यूजिक भिडियोमा मोडलिङ गरेका छन् । उनको साथमा भिडियोमा हाल मुम्बइमा रहेर संघर्ष गरिरहेकी नायिका सुरविना कार्कीले पनि मोडलिङ गरेकी छिन् । भिडियोमा मुकुन र सुरविनाको व्यक्त हुन नसकेको प्रेमलाई देखाइएको छ ।

हट नायिकाको परिचय बनाएकी सुरविनाले भिडियोमा आफूलाई केही फरक देखाउन खोजेकी छिन् । उनको अभिनयमा निखारता आएको भिडियोबाट पनि पुष्टी हुन्छ । यो गतिमा गणेश सेन्चुरीको शब्द, संगीत तथा स्वर छ । निर्देशक नविन चौहानले सामान्य प्रस्तुतिमा भिडियोमा केही फरकपन खोजेका छन् । गाउँले परिवेशमा तयार पारिएको भिडियोले हिमाली जनजीवनलाई देखाएको छ ।

भिडियोमा मुकुन र सुरबिनासँगै मनिष तामाङ तथा अनु काफ्लेले पनि काम गरेका छन् । यो भिडियोमा निशल पौडेलको छायांकन, भीम विश्वकर्माको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment