Comments Add Comment

नेप्से परिसूचक करिब २ अंकले घट्यो, अर्ब बढीको कारोबार

५ जेठ, काठमाडौं । नेप्से परिसूचक सामान्य अकंले घटेको छ । कारोबार रकम एक अर्ब नाघ्दा आईतबार नेप्से १.८७ अंकले घटेर १३१६.८४ को विन्दुमा आई पुगेको छ । एक सय ७२ कम्पनीका ३२ लाख ८१ हजार ११६ कित्ता सेयर १० हजार ५७१ पटक किनबेच हुंदा कारोबार रकम एक अर्ब ८ करोड ८७ लाख पुग्यो ।

करोबार भएका १२ उपसमुहहरु मध्ये ६ सूचकहरु क्रमश उत्पादन तथा प्रशोधन १००.२६,विकास बैंक ८.८२, फाइनान्स ५.३६, हाइड्रोपावर ३.०३, अन्य १.९६ र म्युचुअल फण्ड ०.०३ अंकले सकारात्मक रह्यो ।

जीवन बीमा ५९.७३, निर्जीवन बीमा ५९.०३ होटल १२.१९, माइक्रोफाइनान्स ८.५, व्यापार ८.४५ र वाणिज्य बैंक सूचक ४.२२ अंकल नकारात्मक बन्यो । आईतबार नेपाल बैंक र शिवम् सिमेन्टको सेयर उच्च कारोबार भयो ।े नेपाल बैंकको करिब २२ करोड सेयर कारोबार हंदा शिवम् सिमेन्टको कारोबार रकम पनि १८ करोड ७० लाख पुग्यो । यी दुई कम्पनीसहित

बुटवल पावर, प्रभु बैंक,कृषि विकास बैंक, हिमालयन डिस्टीलरी, नेपाल इन्स्योरेन्स र एनसीसी बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, प्रोग्रेशिभ फाइनान्स र बरुण हाइड्रोपावरका सेयरधनीले उच्च नाफा कमाए । विशाल बजार कम्पनी, ग्लोवल आइएमई लघुवित्त, आइएमई जनरल इन्स्योरेन्स, नाडेप लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर धनीले बबजारबाट गुमाउन पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment