Comments Add Comment

परराष्ट्रमन्त्री भन्छन्-विकासको लागि जग बसाल्यौं

५ जेठ, गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्वाचित भएपछिको पछिल्लो एक वर्षमा विकासको लागि जग बसिसकेको बताएका छन् ।

आइतबार गुल्मीदरबार गाउँपालिका- ७ र ३ जोड्ने ठुलाचौर लामडाडा पौवाखर्क हरियाली सडकको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले एक वर्षमा विकासको जग बसिसकेकोले अब विकास निर्माणले तीव्रता पाउने बताएका हुन् ।

उनले अब उत्तरी नाकाहरु खुला भएकोले चीन हुँदै समुन्द्री माध्यमबाट समेत अन्य देशसँग पनि जोडिन सकिने बताए । मन्त्री ज्ञवालीले बिगतमा जस्तो नेपालीले नाकाबन्दीको कल्पनासमेत गर्नु नपर्ने उल्लेख गरे ।

रेसुङ्गा विमानस्थलको कालोपत्रे, सालझण्डी खर्ज्याङ्ग ढोरपाटन फास्टट्रयाक गुल्मीका विभिन्न विद्यालयमा प्राविधिक शिक्षाको सुरुआत, खानेपानी समस्या ग्रामीण सडकको कालोपत्रे लगायतका विकास निर्माणका कार्यहरु आˆनो प्राथमिकतामा रहेको उनले बताए ।

गुल्मी जिल्ला क्षेत्र नम्बर १ निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गतको ३० लाख र गाउँपालिकाको ५ लाख गरी कुल ३० लाखमा सम्पन्न भएको सडकको लम्बाई कुल ५ किलोमिटर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment