+
+
Shares

साम्राज्ञी भन्छिन्–‘मलाई मेरो काम मनपर्छ, खाली बस्न सक्दिनँ’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ६ गते ११:३०

अहिलेकी हटकेक तथा नम्बर १ नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई आफ्नो काम निकै नै मनपर्ने बताएकी छिन् । चलचित्र ‘रातो टिका निधारमा’को घोषणा कार्यक्रममा बोल्दै साम्राज्ञीले भनिन्–‘हो, मारुनीमा र यसमा मेरो भूमिका फरक छ । पहिलो पटक मलाई राम्रो राम्रो कथाको अफर आइरहेको छ । मलाई सबैले एउटै खालको भूमिका गरेको आरोप लाउँछन् । हो, यसअघि एउटै खालका कथाको अफर आयो कि त्यो भन्दा खत्तम आयो ।’

साम्राज्ञीले आफूले अब चलचित्र क्षेत्र बाहेक अरु केही पनि नसोचेको बताइन् । उनले भनिन्–‘मैले मेरो करिअर नै यही क्षेत्र सोचेकी छु । मैले कमाउन पनि पर्छ । यसैले काम गर्नुपर्छ । म खाली बस्न सक्दिनँ । मलाई मेरो काम मनपर्छ ।’

उनले अगाडि भनिन्–‘चलचित्रमा रोमान्स त हुन्छ, तर त्यसमा मज्जा आउँदैन । यसपटक रातो टिका निधारमामा महिला केन्द्रित कथा छ ।’ नायिका साम्राज्ञीले आफूलाई बल्ल फरक र उत्कृष्ट कथामा अफर आउन थालेको भन्दै खुशी समेत व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?