Comments Add Comment

कैलालीको ४० प्रतिशत वन क्षेत्रमा डढेलो

६ जेष्ठ, कैलाली । कैलालीको करिब ४० प्रतिशत वन क्षेत्रमा डढेलो लागेको छ । जिल्लाको एक लाख ८० हजार हेक्टर वन क्षेत्र मध्ये झण्डै ७२ हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ ।

राष्ट्रिय वन, सामुदायिक वन र साझेदारी वन क्षेत्रमा डढेलोका कारण हजारौ साना तथा ठूला रुखहरु खरानी भएका छन् ।

गर्मी मौसम सुरु भएसँगै कैलालीको चुरे क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् भने तराईमा रहेका वन पनि आगलागीको चपेटामा परेको छ । आगलागीका कारण वनमा ठूलो क्षती भएको छ ।

आगलागीबाट सबैभन्दा बढी चुरेको वन प्रभावित भएको छ । चुरे क्षेत्रमा सल्लाका रुखहरु बढी रहेका छन् ।

सल्लामा छिट्टै आगो सल्कनुका साथै भौगोलिक कठिनाइसमेत रहेकाले चुरे क्षेत्रको डढेलो नियन्त्रण गर्न चुनौती भएको सव डिभिजन वन कार्यालय सहजपुरका प्रमुख डबल बोहोराले बताए ।

डढेलोका कारण वन मात्रै होइन वनमा आश्रति वन्यजन्ुतको बास्थानमा समेत क्षती पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment