Comments Add Comment

नेप्से परिसूचक ९ अंकले घट्यो

६ जेठ, काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक ९.१३ अंकले घटेको छ । कारोबार रकम एक अर्ब नाघे पनि परिसूचकमा दोहोरो अकं नजिकको गिरावट आएको हो ।

सोमबार बजार १३१६.९३ अंकमा खुलेको बजार सुरुवाती चरणमा सकारात्मक देखिए पनि अन्तमा १३०७.७१ को बिन्दुमा झरेर बन्द भयो । सोमबार १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता सेयर १२ हजार ९ पटक खरिद बिक्री हुंदा कारकोबार रकम एक अर्ब २२ करोड नाघ्यो ।

कारोबारमा आएका ११ उपसूचक मध्ये जलविद्युत र अन्य उपसूचक मात्रै सोमबार सकारात्मक रह्यो । कारोबार दिनमा शिवम् सिमेन्ट, नेपाल बैंक, हिमालयन डिस्टीलरी, बुटवलपावर कम्पनी, नेपाल दुरसञ्चार कम्पनी लगायतको सेयर उच्च मात्रामा खरिद बिक्रि भयो ।

सोमबार कर्पोरेट डेम्लपमेन्ट बैंकको सूचक ९.९१ अंकले सकारात्मक बन्दा उक्त कम्पनीका सेयरधनीले बजारबाट सबै भन्दा धेरै नाफा कमाए । यस्तै मल्टीप्रपोज फाईनान्स कम्पनी, सिन्धु विकास बैंक, वेष्ट फाईनान्स कम्पनी लगायतका सेयरधनीले पनि बजारबाट कमाए ।

यता ७.७६ अकंले सूचक नकारात्मक बन्दा पाँचथर पावर कम्पनीका सेयरधनीले सोमबारको बजारबाट धेरै गुमाउन पुगे । मिथिला लघुवित्त, शिवम् सिमेन्ट, राधी हाईड्रपावर डेभलपमेन्ट लिमिटेड तथा तथा कन्काई विकास बैंकका लगानीकर्ताले पनि बजारबाट गुमाउन पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment