Comments Add Comment

बेल रियलमै रहिरहन असम्भव- पूर्वअध्यक्ष काल्डेरन

६ जेठ, काठमाडौं । पछिल्लो समयमा ग्यारेथ बेल निकै आलोचित हुँदै आएका छन् । क्रिष्टियानो रोनाल्डोपछिको रियल मड्रिडको विडो थाम्ने स्ट्राइकरको रुपमा बेललाई लिइएको थियो ।

तर पछिल्लो समयमा बेलको भविष्य रियलमा अनिश्चित जस्तै भएको प्रस्ट देखिएको छ । रियल मड्रिडका पूर्वअध्यक्ष रेमोन काल्डेरनले अब बेल रियलमा बसिरहनु असम्भव जस्तै भएको बताएका छन् ।

पूर्व प्रशिक्षक जिनेदिन जिदान र बेलबीचको खराब सम्बन्धका कारण रियलमा उनको भविष्य अनिश्चित भएको टिकाटिप्पणी भइरहँदा पूर्वअध्यक्ष काल्डेरनले उनलाई बेच्न चोहेको खुलाएका हुन् ।

पूर्वअध्यक्ष काल्डेरनले भनेका छन्, ‘उनका लागि सबैभन्दा राम्रो कुरा यो हो की उ अघि बढोस । जब प्रशिक्षक र खेलाडीमा सम्बन्ध राम्रो हुँदैन त्यसको विकल्प खोज्नु पर्छ ।’

उनले थपेका छन्, ‘उनी अन्य क्लब लोनमा जाने छन् ।’

गत मार्चमा जिदानले क्लब सम्हालेसँगै बेल टिममा पर्न निकै संघर्षरत छन् । कुनै बेला टिममा त कुनै बेला बेन्चमै बिताएका बेलले पछिल्लो समयमा खेल्न पाएका छैनन् । ला लिगा लिगको अन्तिम खेलमा रियल मड्रिड रियल बेटिससँग २-० गोलअन्तरले पराजित हुँदा बेल बेन्चमै थिए ।

रायो भालेकानोविरुद्धको खेलमा रियल १-० गोलअन्तरले पराजित बेल टिममा थिए । त्यसपछिका लगातार तीन खेलमा उनी बेन्चमै रहे ।

त्यस्तै, प्रशिक्षक जिदानले भनेका छन्, ‘उसले खेल्न पाएन म क्षमा चाहन्छु । तर कसैलाई थाहा हुँदैन के हुन्छ । यदि खेलाडी फिट छैन भने म खेलाडी परिवर्तन गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment