+
+
Shares

हरिवंश भन्छन्–‘जात्रै जात्रा’ ‘दाल भात तरकारी’ भन्दा उत्कृष्ट’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ७ गते १३:१०

शुक्रबारबाट चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शन भइरहेको छ । चलचित्रले निकै उत्साहजनक प्रतिक्रिया मात्र पाएको छैन, व्यापारमा पनि नयाँ उछाल कायम गरिरहेको छ । मल्टिप्लेक्समा चलचित्रको व्यापारको गती रोकिएको छैन । चलचित्रले दर्शक र समिक्षककै मन जित्यो ।

यस्तैमा, सोमबार बेलुका ‘जात्रै जात्रा’ टिमले सेलिब्रिटी शोको आयोजना गरेको थियो । उक्त शोमा मह जोडीको पनि उपस्थित थियो । चलचित्र हेरिसकेपछि कलाकार मदनकृष्ण श्रेष्ठले भने–‘चलचित्र सलल बगेको छ । चलचित्र हेरिरहँदा कतै दिक्क लाग्दैन ।’

‘जात्रै जात्रा’लाई मह संचारको ब्यानरमा बसेर काम गरेका प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । यस्तै, अर्का कलाकार हरिवंश आचार्य आफ्नो सन्तानको कामबाट निकै सन्तुष्ट भएको बताउँछन् । उनी भन्छन्–‘मलाई मेरो छोरामाथि गर्व छ ।’

‘जात्रै जात्रा’ रिलिजको २ साता अगाडि मह संचारले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’ रिलिज भएको थियो । तर, चलचित्रले राम्रो प्रतिक्रिया पाउन सकेन । हरिवंशले यो बिषयमा भने–‘दात भात तरकारी भन्दा जात्रै जात्रा राम्रो छ ।’ ‘दाल भात तरकारी’मा नाटकको स्वाद देखाउन खोजिएकाले दर्शकले पूर्ण सन्तुष्ट हुन पाउनु भएन ।’

विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको शोज मल्टिप्लेक्समा बढ्न थालेको छ । यसले पनि चलचित्र लामो रेशको घोडा बन्ने पक्का देखिएको छ ।

 

तस्वीर सौजन्यः उद्धव रसाइली

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?