+
+
Shares

देवदहमा बुद्धकालीन सभ्यता झल्किने काष्ठकला कार्यशाला हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ७ गते १४:४९

७ जेठ, बुटवल । रुपन्देहीको देवदह नगरपालिका–६ स्थित गौतमबुद्ध राष्ट्रिय उद्यान, ज्योतिनगरमा देवदह राष्ट्रिय काष्ठकला कार्यशाला–२०७६ हुने भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं र बुद्ध सामूदायिक वन उपभोक्ता समूह देवदह ५ र ६, रुपन्देहीको आयोजना, ड्रिम देवदह युनिटी फर चेन्जको प्रबद्र्धन र देवदह नगरपालिका पर्यटन प्रवद्र्धन समितिको मुख्य संरक्षणमा काष्ठकला कार्यशाला हुने भएको हो ।

देवदहका पार्कहरु काष्ठकला, मूर्तिकला, कलात्मक बिम्ब, प्राचीन कोलीय सभ्यता झल्किने स्मारकहरु स्थापित गर्ने र देशका मुख्य मूर्तिकारहरुलाई देवहमा निमन्त्रणा गरी काठमा मूर्तिकला, कलात्मक बिम्बहरु निर्माण हुनेछन् ।

जेठ ८ गते देखि १६ गते सम्म हुने राष्ट्रिय काष्ठकलाबारे आयोजकले मंगलबार देवदहमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

देवदहको पर्यटन विकासमा सामूहिक योजना, सहकार्य, सहभागितामूलक रुपमा योगदान पुर्‍याउनुका साथै एक पार्क एक विशेषता गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको ड्रिम देवदह युनिटी फर चेन्जका अध्यक्ष एवं मूल आयोजक कमिटी सदस्य सिद्धिचरण भट्टराईले जानकारी दिए ।

कार्यशालाले देवदहको पर्यटन विकासमा एउटा कोशेढुंगाको काम गर्ने विश्वास गरिएको छ । एक दिन पर्यटकको बसाइ देवदहमा होस् भन्ने उद्देश्यका साथ काम अगाडि बढाइएको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर रानाले बताए ।

विश्वशान्तिका अग्रदूत भगवान गौतमबुद्धको मावली र ससुराली मानिने देवदहमा हुने कार्यशालाको आयोजना गर्न करिब २० लाख खर्च हुने छ । ७ दिने कार्यशलामा १७ जना मूर्तिकारले २० वटा मूर्ति कुद्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य यम थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?