Comments Add Comment

बोल्न नसक्ने बालकको पहिचान खुल्न सकेन

७ जेठ, विराटनगर । एकसाता अघि विराटनगरमा अलपत्र अवस्थामा भेटिएका बालकको आफन्त खोज्न समस्या भएको छ । अन्दाजी ८–९ वर्षका बोल्न नसक्ने बालकको आफन्त खोज्न समस्या भएको हो ।

एकसाता अघि मोरङ प्रहरीले विराटनगर स्थीति नोबेल मेडिकल कलेज अगाडिबाट बालकको उद्धार गरी बाल हेल्पलाइन विराटनगरमा संरक्षणका लागि पठाएको थियो ।

तर बालक प्रस्ष्टसँग बोल्न नसक्ने भएका कारण आफन्त खोज्न समस्या भएको बाल हेल्पलाइन विराटनगरका प्रमुख बासु अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार ८–९ वर्ष उमेरका बालक झट्ट हेर्दा तराई मुलको जस्तो देखिन्छन् । तर उनी बोल्न सक्दैनन् । हातले गर्ने इसारा पनि बुझिदैन् ।

बाल हेल्पलाइनको संरक्षणमा रहेका बालक आफन्त खोज्दै रुन्छन् । तर निरन्तर प्रयास गर्दा कोही सम्पर्कमा नआएको अधिकारीले बताए ।

‘नोबेल मेडिकल कलेज छेउबाट उद्दार गरिएकाले अस्पतालमा आफन्त खोजी ग¥यौं’ उनले भने ‘तर बालक भेटिएनन् ।’ बालकको आफन्त भेटिए १०९८ मा सम्पर्क गर्न बाल हेल्पलाइनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment