Comments Add Comment

हुन्डाईको नयाँ सान्ट्रोः इन्ट्री लेभलको अब्बल गाडी

८ जेठ, काठमाडौं । हुन्डाईको लोकपि्रय ह्याचब्याक ‘सान्ट्रो’ गाडी नेपाली सडकमा सबैभन्दा बढी देखिने गाडी मध्येको एक हो । हुण्डाईले पहिलोपटक ल्याएको सान्ट्रोले सन् २०१४को अन्तसम्म नेपाली बजारमा निकै चर्चा बटुल्यो र ग्राहकको मन जित्यो । ४ वर्षपछि सान्ट्रोले फेरि नयाँ अवतारसहित नेपाल प्रवेश गर्‍यो । इन्ट्री लेभलको यो गाडीले अहिले पनि नेपाली बजारमा गजबको प्रतिक्रिया र ग्राहक बटुलेको छ ।

गत फेब्रुअरी १४मा सार्वजनिक भएको सान्ट्रो ३ महिनाकै बीचमा २ सयभन्दा बिक्यो । अहिले बैंकबाट प्राप्त हुने अटो कर्जाको समस्याले बजारमा ठूलो समस्या परिरहँदा पनि सान्ट्रोले २ महिनामै २ सय भन्दा बढी ग्राहक बटुलिसकेको छ ।

हुण्डाई गाडीको नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका सहायक महाप्रवन्धक निर्देशक रुपेश शर्मा भट्ट सान्ट्रोले अपेक्षा गरेभन्दा राम्रो प्रतिक्रया पाएको बताउँछन् ।

अघिल्लो मोडलको तुलनामा निकै सुरक्षित र परिष्कृत गाडीका रुपमा आएकाले यसले बजारमा राम्रो छाप छोडिरहेको उनको भनाइ छ । उत्कृष्ट एक्स्टेरियर, इन्टेरियर र फिचर्समा ल्याएकाले पनि यसको बजारमा राम्रो चर्चा भएको छ ।

प्रतिस्पर्धी मोडलहरु भन्दा खासै महंगो पनि नभएकाले विभिन्न आधुनिक फिचर्सको प्याकेजका रुपमा रहेको सान्ट्रोले ठूलो संख्यामा ग्राहक बटुल्नेमा भट्ट विश्वस्त छन् ।

नयाँ स्यान्ट्रो पहिलेको भन्दा पनि धेरै प्रिमियम अवतारमा आएको छ । पहिले इन्ट्री लेभलको मानिएको कार अहिले निकै परिष्कृत भएर आएको छ । यसमा विभिन्न आधुनिक सुविधाहरु छन्, जसले कारलाई प्रिमियमस्तरको बनाएको छ ।

पहिलो उत्पादनको २० वर्षपछि फेरि स्यान्ट्रो ‘नयाँ जीवन’ लिएर आएको हो । कम्पनीले स्यान्ट्रो कारलाई सन् १९९८ मा पहिलोपटक बजारमा ल्याएको थियो ।

‘अटो बजारमा अहिले मन्दी जस्तै छ, यस्तो समयमा पनि ३ महिनामै सान्ट्रोले २ सयभन्दा बढी ग्राहक बटुल्यो,’ सहायक महाप्रवन्धक भन्छन्,’हामीले गरेको अपेक्षा यो भन्दा बढी थिएनौं ।’ उनले प्रोडक्ट र कम्पनीको सर्भिस राम्रो भएकाले नै ग्राहकले रुचाएको बताए ।

रुपेश शर्मा भट्ट

 अब्बल गाडी

सान्ट्रोलाई नयाँ रुपमा उतार्दा सुरुमा नै धेरै ग्राहकले यसबारे चासो राखेका थिए । यही सिलसिला अझै जारी छ भने गाडी विक्री हुने क्रम पनि उत्सहाजनक रहेको कम्पनीका सिनियर ब्रान्ड म्यानेजर अवाशिष ओझा बताउँछन् ।

सन् २०१४को अन्तमा १९ लाख ६६ हजार रुपैयाँसम्म सान्ट्रो गाडी बेचिन्थ्यो । त्यसको चार वर्ष पछि आउँदा सान्ट्रो २२ लाख ९६ हजार मै किन्न सकिन्छ । अझ रोचक कुरा के छ भने पुरानो सान्ट्रोमा भन्दा नयाँ सान्ट्रोमा विभिन्न नयाँ सुविधा थप भएका छन् ।

नयाँ सान्ट्रो पहिलोको भन्दा स्पेसियस त छ नै, यो डिजाइनका हिसावले पनि निकै आकर्षक छ । यसको बाहिरी डिजाइनले सबैलाई प्रभावित गरेको छ । त्यो भन्दा बढी यो गाडीमा हाल सबै भेरियन्टमा एयरब्याग र एबीएस छ । जसले गाडीलाई सुरक्षित बनाएको छ ।

पहिलेको भन्दा यसमा धेरै परिवर्तनहरु गरिएका छन् । अहिले पाछाडि बसेर यत्रा गर्नेका लागि पनि ‘रियर एसी भेन्ट्स’ छ ।

यसको लेग रुमा पनि निकै कम्र्फटेबल बनाइएको छ भने सस्पेन्सन सिस्टम पनि निकै आधुनिक भएकाले लामाृ यात्राका दौरान पनि थकान महसुश हुँदैन ।

गाडीभित्र विभिन्न टुल्सहरु निकै वैज्ञानिक तवरले ‘प्लेसिङ’ गरिएको छ ।  यसलेे गर्दा गाडी निकै सुसज्जित र भव्य लाग्छ ।

गाडीमा रेयर पार्किङ सेन्सर पनि राखिएको छ । यस्ता महत्वपूर्ण फिचर्सका कारण यो गाडी धेरै ग्राहकको नजरमा परेको छ ।

पावर विन्डोसहितको यो गाडीको बडी आइस्ट्यान्स स्टिलबाट बनेको छ । यसले गाडीलाई मजबुत मात्रै बनाएको छैन, सुन्दर बनाउन मद्धत गरेको छ ।

यो गाडीमा १६५  एमएमको ग्राउन्ड क्लेयरेन्स छ । जुन विशेषताका कारण ग्राभल रोडमा  पनि सान्ट्रो सजिलै चलाउन सकिन्छ ।

यस्तै विशेषशताका कारण पुरानो सान्ट्रो चढिरहेकादेखि उच्च वर्गीय परिवारसम्मले यो गाडीलाई रोजेका छन् ।

सबै वर्गको गाडी

‘सान्ट्रो किन्ने ग्राहकको विशेष क्लास छैन, महंगा गाडी चढ्नेले पनि आफ्नो परिवारमा सानो, चिटिक्कको गाडी लैजान भन्दै सान्ट्रो निकेका छन्,’ सिनियर ब्रान्ड म्यानेजर ओझा भन्छन्,’धनाढ्य वर्गदेखि नयाँ ग्राहकसम्मले यसलाई रोजका छन् । ग्राहकमा विविधता छ ।’

अवाशिष ओझा

यो गाडी विभिन्न विशेषतायुक्त भएकाले सबै वर्गमा छाप छोड्न सफल भएको दावी कम्पनीको छ ।  कम्पनीले आफ्टर सेल्स सर्भिसमा पनि निकै ध्यान पुर्‍याएकाले यसै पनि हुण्डाईको गाडीमा ग्राहक आकषिर्त छन् ।

धेरै ठाउँमा सर्भिस सेन्टर राखिएको छ भने स्पेयसै पाटैस्स पनि सजिलै सुलभ मूल्यमा पाइन्छ । यस्तै डिलरसिप नेटवर्क पनि निकै राम्रो भएकाले सान्ट्रोको बजार फैलिँदो छ ।

अरुमा नभएका फिचर्स पनि

सान्ट्रोमा थुप्रै ‘बेस्ट इन सेगमेन्ट’ र ‘फस्र्ट इन सेगमेन्ट’ फिचर्सहरु छन् । जुन ग्राहकका लागि निकै उपयोगी छन् ।


सान्ट्रोमा ४ सिलिन्डरको इन्जिन छ । प्रायः यो क्लासका गाडीमा ३ सिलिन्डरको मात्रै इन्जिन मात्रै प्रयोग हुनछ । तर, सान्ट्रो इन्जिनिका हिसावले पनि पनिकै बलियो गाडी हो ।

यसमा लेग रुम निकै फराकिलो उपलब्ध गराइएकाले अगाडि बस्दा खुट्टा ठोकिने समस्या हुँदैा । गाडी स्पेसियस भएकाले चलाउन र यत्रा गर्न निकै आरामदायी छँदैछ ।

सान्ट्रोमा एपल कार प्ले अएन्ड्रोइड अटो छ । यस्तो सुविधा यही क्लासमा अन्य गाडीमा पाइँदैन  ।

यसमा एकोकोटिङ टेक्नोलोजी पनि छ, जसले एसी चलाउँदा उत्पन्न हुने ब्याक्टेरियाले सिर्जना गर्ने दुर्गन्धलाई हटाउँछ  । यसको कारण र एसीले हरेक समय तावा हावा सप्लाइ गर्छ । यसमा भ्वाइस रिकग्निसन सुविधा छ ।

स्टयेरिङ माउन्टट कन्ट्रोल विथ ब्लुटुथ को सुविधा पनि छ । भ्वाइसबाट कमान्ड दिएर चलाउन सकिन्छ । गाडीमा पछाडि पनि एसी भेन्ट्स भएकाले समान हिसावले गाडीको तापक्रम ‘मेन्टेन’ हुन्छ ।

यसको स्पिडोमिटर पनि स्मार्ट छ । मल्टी इन्फरमेशनसहितको डिस्प्ले छ । यसले गाडी कति किलोमिटर कुद्यो, कति फ्युल बाँकी छ र त्यसले कति अघि जान सकिन्छ भन्ने सजिलै थाहा पाउन सकिन्छ ।

विशेषतायुक्त र सुरक्षित

सान्ट्रोमा स्पोर्टी टलबोई डिजाइन दिइएको छ । नयाँ मोडलमा क्यासकेडिङ गि्रल दिइएको छ । सान्ट्रोमा ग्रान्ड आई-१० को जस्तै अप्सस्वीपट हेडल्याम्प दिइएको छ ।


डायमेन्सनका हिसावले पनि यो निकै फरक र आधुनिक छ । नयाँ सेन्ट्रोको लम्बाई ३ हजार ६१०, चौडाई १ हजार ६४५ र उचाई १ हजार ५६० एमएम रहेको थियो । यसमा २ हजार ४०० एमएमको ह्वीलवेस छ । यसले लम्बाई, चौडाई र ह्वील वेसमा नयाँ सेन्ट्रो अब्ब्ल छ । नयाँ सेन्ट्रोमा १४ इन्चको ह्वील छ भने पुरानोमा १३ इन्चको मात्रै थियो ।

इन्जिनका हिसावल पनि नयाँ सान्ट्रो पावरफुल छ । नयाँ सान्ट्रोमा १.१ लिटर फोर-सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ पीएस पावर र ९९ एनएम-टर्क जेनेरेट उत्सर्जन गर्छ । सान्ट्रो म्यानुअलसहित एएमटी ट्रान्समिसनमा समेत उपलब्ध छ ।

यसको इन्टेरियर निकै लोभलाग्दो छ । नयाँ सेन्ट्रोमा ६.३५ सीएमको इन्फरमेसन डिस्प्ले युनिट छ । यस्तै १७.६४ सेमीको टचस्क्रिन अडियो भिडियो सिस्टम समेत छ । जसले नेभिगेसन, फोन, यूएसबी कनेक्टिभीटीलगायतको सुविधा प्रदान गर्छ ।

सान्ट्रोमा सुरक्षाको लागि सिट-बेल्ट, डे-नाइट आइआरभीएम, किलेस इन्ट्री, स्पीड-सेन्सिङ डोर-लक र ईमो-विलाइजर लगायत सुविधाको निरन्तरता छ ।

यसबाहेक एबीएस, ईबीडी, ड्राइभर-साइड एयरब्याग, इन्जिन ईमोबिलाइजर, रियर पार्किङ क्यामेरा वीथ सेन्सर, फगल्याम्प, चाइल्ड-सेफ्टी, डोर-लकजस्ता सेफ्टी फिचर पनि थपिएका छन् ।

यसमा स्पेसीयस बुट पनि छ । टाइफुन सिल्भर, पोलार ह्वाइट, स्टारडस्ट, इम्पेरियल बिगी र फेरि रेड रंगमा छानी-छानी सान्ट्रो किन्न पाइछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment