Comments Add Comment

हेटौंडाबाट स्मार्ट लाइसेन्स नवीकरण सुरु

८ जेठ, हेटौंडा । प्रदेश ३ को यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण सुरु गरेको छ ।

लाइसेन्स बनाउन वीरगन्ज र काठमाडौं धाउँदै आएका हेटौंडा, चितवनलगायतका जिल्लाका सेवाग्राहीलाई प्रदेश राजधानी हेटौंडाबाटै नवीकरण हुने भएपछि थप सजिलो भएको हो ।

यातायात ब्यवस्था सेवा कार्यालयले बुधबार एकै दिन २६ जनालाई स्मार्ट कार्डको सवारी चालक अनुमति पत्रको नवीकरण गरेको छ । उनीहरुले मंगलबार कार्यालयमा गएर फोटो खिचेका थिए । अन्यत्र स्मार्ट कार्डका लागि झण्डै बर्षदिन कुर्नुपर्ने बाध्यता रहेको छ ।

प्रदेश – ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार सेवाग्राहीका रुपमा रहेका माधव अधिकारी, रमेशकुमार उप्रेती, ऋषिराम घिमीरे सहितका २६ जनालाई सवारी चालकको नबिकरण पत्र हस्तान्तरण गरेका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्रमा कसैले पनि औला नठड्याउने गरी काम गर्न प्रदेश सरकारले सुरु गरेको बताए । उनले यातायात ब्यावस्था कायालयबाट दिनहुँजसो आफूलाई अनियमितताका फोन आउने गरेको भन्दै काठमाडौं र वीरगन्जमा देखिएका समस्या हेटौंडामा नदेखिने दावी गरे ।

लाइसेन्स नवीकरण सुरु गरिए पनि यसलाई निरन्तरता दिन भने कर्मचारी अभावका कारण चुनौती देखिएको छ । हेटौंडाको कार्यालयबाट नयाँ सवारी दर्ता, कर नवीकरण, सवारी पन्जीकरण, रुट परमिट नवीकरण, जाँच पास लगायतका काम सुरु गरिएको कार्यालयका शाखा अधिकृत सुरेशकुमार चपाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment