Comments Add Comment

जलविद्युत कम्पनीको आईपीओका लागि विद्युत नियमन आयोगको स्वीकृति अनिवार्य

८ जेठ, काठमाडौं । जलविद्युत कम्पनीको आइपिओ निष्कासन गर्न विद्युत नियमन आयोगको स्वीकृति अनिवार्य गरिएको छ । विद्युत नियमन आयोगले पूर्णता पाएसंगै जलविद्युत क्षेत्रको नियमनमा आयोगले काम थालेको हो ।

विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ४५ अनुसार आयोगको स्वीकृतिलाई अनिवार्य गरिएको धितोपत्र बोर्डले जनाएको छ । नियमावलीमा विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारको काम गर्न अनुमति प्राप्त कम्पनी वा संस्थाले सार्वजनिक रुपमा सेयर निष्काशन गर्न विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

धितोपत्र बोर्डका अनुसार जलविद्युत कम्पनीको सार्वजनिक निष्काशनका लागि बोर्डमा निवेदन पेश गर्दा तथा निवेदन दिई स्वीकृत हुन बाकी रहेका कम्पनीले पनि आयोगको पूर्व स्वीकृति अनिवार्य पेश गर्नु पर्ने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment