+
+
Shares

परीक्षा दिएर फर्केकी युवतीको करेन्ट लागेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते १९:५८

९ जेठ, गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जना युवतीको मृत्यु भएको छ, एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको मालिका गाउँपालिका ५ छापहिलेमा करेन्ट लागेर नेटा घर भएकी १९ बर्षकी बिनिता रसाइलीको मृत्यु भएको वडा नं ६ का वडाअध्यक्ष शोभाखर गिरीले जानकारी दिए । करेन्ट लागेर मालिका गाउँपालिका ६ अर्जेकी जुना बिश्वकर्मा घाइते भएकी छन् । रसाइली र बिश्वकर्मा अर्जेमा चलेको कक्षा ११ को परिक्षा दिएर बिहीबार साँझ नेटा घर तर्फ जाँदै गरेका थिए ।

घरमा जाँदै गरेका २ जना युवती छापहिलेमा बाटोमा बिजुलीको पोलमा बाटो भन्दा २ मिटर परबाट तानेर पोलमा टाँस्सिएको अवस्थामा फेला परेको गिरीले बताए । घाइते विश्वकर्मालाई थप उपचारको लागि गुल्मी अस्पताल ल्याइदै रहेको वडाअध्यक्ष गिरीले बताए । घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।

त्यस्तै गुल्मीको कालिगण्डकी खोला किनारमा बेवारिसे सव फेला परेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ कालिगण्डकी खोला किनारमा एक जना महिलाको बेवारिसे सव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रवीन्द्र खड्काले बताए । बेवारिसे अबस्थामा फेला परेको अन्दाजी ३० वर्षकी महिलाको रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?