+
+
Shares

गुड्दै गरेको जिपबाट हामफाल्दा बैतडीमा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १० गते ८:२४

१० जेठ, बैतडी । गुडिरहेको जिपबाट हामफाल्दा  बैतडीमा एक व्यक्तिको ज्यान गएको छ ।  पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोलीको जीपबाट हाम्फाल्दा ज्यान गएको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

बिहीवार बेलुका गिरेगडाबाट देहीमाडौँतर्फ आइरहेको म१ज ११९ नंको जिपले अर्को गाडीलाई साइड दिन खोज्दा कोली जीपबाट हामफालेका थिए ।

हामफाल्दा गम्भीर घाइते भएका कोलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोलीको मृत्युपछि जिप चालक भागेका थिए । तर, प्रहरी उनलाई नियन्त्रणमा लिन सफल भएको छ । उनीमाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?