Comments Add Comment

काठमाडौंको टोखामा भेटियो पुरुषको शव, हत्याको आशंका

१० जेठ, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी २४–२५ वर्षको पुरुषको शव शुक्रबार बिहान फेला परेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणीन्द्र प्रसाईंले शवको पहिचान नखुलेको जानकारी दिए ।

स्थानीयबासीका अनुसार ती पुरुषको शरीरमा चोटपटक देखिन्छ । त्यसैले कतिपयले हत्या भएको आशंका गरेका छन् ।

तर, डिएसपी प्रसाईंले मृत्युको कारण नखुलेको र प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

‘सडक किनारको खोल्सा छेउँमा शव भेटिएको हो, अनुसन्धान भइरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment