
बलिउड नायक बरुण धवन चलचित्रसँगै आफ्नो प्रेम जीवनका कारण पनि चर्चामा छन् । अझ पछिल्लो समय उनको बिबाहको कुराले पनि मिडियामा धेरै स्थान पाइरहेको छ । बरुणले यो वर्ष प्रेमिका नताशा दलालसँग बिबाह गर्ने समचारहरु आइरहेका छन् । तर, उनीहरुले भने यो विषयमा औपचारिक जनकारी दिएका छैनन् । केही समय अगाडि त बरुणले यो कुरालाई झुटो भएको पनि बताएका थिए ।
तर, बलिउड मिडियाका अनुसार उनीहरुले बिबाहको मिति पक्का गरिसकेका छन् । बरुण र नताशाको परिवार बसेर आगामी डिसेम्बरलाई बिबाहको मिति पक्का गरेका छन् । खबरका अनुसार उनीहरुले गोहाको समुन्द्री किनारामा बिबाह गर्ने तयारी गरिरहेका छन् । जहाँ दुई परिवार र बलिउडका केही कलाकारहरु मात्र उपस्थित हुनेछन् । बिबाहपछि उनीहरुले मुम्बाईमा रिशेप्सन पार्टी गर्नेछन् ।
हाल बरुण धवन चलचित्र ‘स्ट्रिट डान्सर ३’को छायांकनमा व्यस्त छन् । यो चलचित्रमा बरुणले नायिका श्रद्धा कपुरसँग जोडी बाँधेका छन् । यो चलचित्रको छायांकनपश्चात् बरुणले ‘कुल्ली नम्बर १’मा साराअली खानसँग रोमान्स गर्नेछन् ।
प्रतिक्रिया 4