Comments Add Comment

समर वेयरमा यस्ती देखिइन् दिशा पटानी

गर्मीको राप दिनदिनै बढ्दैछ । यो उर्खमौलो गर्मीमा कस्तो पहिरन लगाउने ? दिशा पटानीबाट सिक्न सकिन्छ । हालैमात्र उनी समर वेयरमा ठाँटिएकी छिन् र उक्त तस्वीर आफ्नो इन्स्टाग्राममा साझेदार गरेकी छिन् । उनी समर वेयरमा निकै हट देखिएकी छिन् । इन्टाग्राममा दिशाले नियोन ओरेन्ज ड्रेसको तस्वीर साझेदार गरेकी हुन् । नियोन कलर अहिले फेशन ट्रेन्ड बनेको छ ।

चिनाइरहनु पर्दैन, दिशा बलिउड अभिनेत्री हुन् । उनी बलिउडमा दुई कारणले चर्चित छिन् । एक, अभिनेत्रीको रुपमा । दुई, टाइगर श्राफकी गर्लप|mेन्डको रुपमा ।

टाइगरसँग उनको अफेयर चलेको धेरै समय वितिसक्यो । यसबीचमा उनीहरुले एकसाथ फिल्म खेलेका छन् । ‘बागी-२’मा दिशा र टाइगरको जोडीलाई देख्न सकिन्छ । एक फिल्मको छायांकनमा लुकीपिछी चुरोट तानेको र एयरपोर्टमा दिशा र टाइगरको रोमान्सले निकै चर्चा पाएको थियो ।

उनले बलिउडमा त्यती फिल्म खेलेकी छैनन्, जति चर्चा बटुलेकी छिन् । त्यसो त उनी सोशल मिडियामा पनि निकै सक्रिय छिन् । उनको इन्टाग्राममा १ दशमलव ९६ करोड फलोअर्स छन् ।

पछिल्लो समय उनी सलमान खानको फिल्म ‘भारत’मा देखिदैछन् । यसमा दिशालाई एक्सन अवतारमा देख्न सकिनेछ । उक्त फिल्ममा सलमानसँगै क्याटरिना कैफ पनि मूख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment