+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

द्वन्द्वपीडितको सुझावमा संक्रमणकालीन न्यायको काम टुंग्याऔं : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १२ गते १३:१२

१२ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिका साथ संक्रमणकालीन न्यायको कामा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

वरिष्ठ नेता खनालले द्वन्द्वपीडितहरुको सुझावलाई मुख्य आधार बनाएर द्वन्द्वकालीन न्याय सम्पादनको काममा तीव्रता दिन पनि सरकारसँग आग्रह गराए ।

द्वन्द्वपीडित साझा चौंतारीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट सिफारिस समितिलाई सरकारको प्रभावमा नपरी दुवै समितिको पदाधिकारी सिफारिस गर्न पनि ध्यानाकर्षण गराए ।

सरकारले सर्वोच्च अदालतले विगतमा दिएको फैसला र पीडित पक्षको सुझावलाई ध्यानमा राखेर द्वन्द्वकालीन न्याय सम्पादन गर्न ढिलाइ गर्न नहुने वरिष्ठ नेता खनालको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले पीडित पक्षको सुझावलाई मुख्य आधार बनाएर तत्काल द्वन्द्वपीडितहरुलाई न्याय दिन सरकारसँग माग गरे । उनले कानुन संशोधनको प्रक्रियामा ढिलाइ भए पनि सरकारले द्वन्द्वपीडितहरुलाई राहत दिन नसकेकोमा आपत्ति पनि जनाए ।

सांसद अधिकारीले द्वन्द्वपीडितहरुलाई न्याय दिनुअघि सरकारले एक पटक सरोकारवाला निकायसँग व्यापक छलफल गर्नुपर्ने पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?