Comments Add Comment

आर्मीको लगातार दोस्रो जित, सुशानको हृयाट्रिक विकेट

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मी क्लबले प्रदेश एकलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा भएको खेलमा आर्मीले प्रदेश एकलाई ११३ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५.३ ओभरमा सबै विकेटको क्षतिमा २०४ रन बनाएको थियो ।

आर्मीका लागि राजेश पुलामी मगरले ५६ रन बनाउँदै टिमलाई उकासेका थिए । त्यस्तै, हरि चौहानले ४१ र कप्तान विनोद भण्डारीले ३० रन बनाएका थिए । बलिङतर्फ दिपेश कँडेलले तीन विकेट लिए ।

२०५ रनको लक्ष्य पछ्याएउदै ब्याटिङ गरेको प्रदेश एकले २६.५ ओभरमा सबै विकेटको क्षतिमा ९१ रन मात्रै बनाउन सक्यो ।

प्रदेश एकका लागि तीन जना खेलाडीले दोहोरो अंक बनाएपनि अन्य खेलाडी दोहोरो अंक समेत बनाई आउट भए । प्रदेश एकका लागि राजन मगरले २६, मुकुन्द यादवले १८ र रवि रोयले १० रन बनाएका थिए । आर्मीविरुद्ध कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

सुशानको हृयाट्रिक

सुशान भारीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट खेलमा हृयाटि्रक विकेट लिएका छन् । उनको यो हृयाटि्रक जारी प्रतियोगितामा पहिलो हृयाटि्रक विकेट हो ।

२७औं ओभर बलिङ गर्न आएका सुशानले तेस्रो बलमा विकेट लिए । त्यसपछि लगातार चौथो र पाँचौ बलमा विकेट लिदै हृयाटि्रक विकेट पूरा गरे ।

उनले ५.५ ओभर बलिङ गरेका उनले दुई मेडन ओभरसँगै ५ रन खर्चिएर तीन विकेट लिए ।

त्यस्तै, आर्मीका लागि करण केसीले दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment