Comments Add Comment

झरना भन्छिन्–‘मेरो पहिलो रोजाइमा अनमोल र सुहाना’

सुहाना भन्छिन्–‘अनमोलसँगै काम गर्न मन छ’

निर्देशक झरना थापा र नायिका सुहाना थापा चलचित्र ‘ए मेरो हजुर ३’को विदेश प्रदर्शनका लागि यूरोप उडेका छन् । यूरोप उड्दै गर्दा झरना र सुहानाले नयाँ चलचित्रको बिषयमा समेत मुख खोलेका छन् । सुहानाको जन्मदिनमा किन नयाँ चलचित्रको घोषणा भएन भन्ने मिडियाकर्मीको प्रश्नमा झरनाले भनिन्–‘म त चलचित्र ‘भागवत गीता’ बनाउने सोचमा छु । तर, वितरकहरुले मलाई ‘ए मेरो हजुर ४’ बनाउनका लागि आग्रह गरिरहनुभएको छ । यसैले पनि अहिले यो बिषयमा निर्णय नभएकाले चलचित्र घोषणा नभएको हो ।’

झरनाले भनिन्–‘मलाई त अझै पनि नायक अनमोल केसी र सुहानालाई लिएर चलचित्र ‘भागवत गीता’ नै बनाउन मन छ । सबै कुरा मिल्यो भने अनमोलसँग फेरि सहकार्य हुन्छ । ‘भागवत गीता’का लागि अनमोलसँग सामान्य कुरा हुँदा, उनी सहमत नै छन् ।’

झरनाले चलचित्र ‘भागवत गीता’कै लागि आफूले अहिले पुरा समय दिइरहेको बताइन् । यस्तै, नायिका सुहाना थापाले पनि आफू पहिलेदेखि नै ‘भागवत गीता’का लागि नै उत्साहित भएको बताइन् । झरनाले भनिन्–‘भागवत गीता’का लागि मेरो पहिलो रोजाई पनि अनमोल नै हुन् । तर, अरु कलाकारसँग काम नै नगर्ने भन्ने होइन । म सबैसँग काम गर्न चाहन्छु ।’

बाहिरी ब्यानरको चलचित्रमा काम कहिले गर्ने भन्ने बिषयमा सुहानाले भनिन्–‘केही दिन अगाडि फोन आउँदा, ड्याडीले छोरी अहिले पढ्दै छ भनेर फोन राखिदिनुभयो । यसपछि, अरु कुरा नै भएको छैन ।’ झरना र सुहाना चलचित्र प्रदर्शनका लागि यूरोप, हङकङ र अमेरिका पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment