Comments Add Comment

भोजपुरको हतुवागढीका विपन्न परिवारलाई सोलार वितरण

१२ जेठ, भोजपुर । भोजपुरको दक्षिण हतुवागढी गाउँपालिकामा ८७ घर विपन्न परिवारलाई सोलार सेट वितरण गरिएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जर्मन सहयोग नियोग र गाउँपालिकाको साझेदारीमा हतुवागढी गाउँपालिका- ७ र ८ पात्लेपानीका ८७ घरधुरी विपन्न परिवारलाई सोलार वितरण गरिएको हो ।

सोलार पाउनेमा आर्थिकरूपमा विपन्न रहेका एकल महिला, दलित, जनजाति रहेको ग्रामीण ऊर्जाका लागि नवीकरणीय ऊर्जा कार्यक्रम भोजपुरका प्रमुख राजेश विष्टले बताए ।

तत्काल विद्युत विस्तार गर्न नसकिएको वडामा अध्यारोमा बस्न वाध्य भएका परिवार पहिचान गरी प्रत्येकलाई ५० वाट क्षमताको सोलार बाँडिएको गाउँपालिकाका प्रमुख प्रेमकुमार राईले बताए । आगामी वर्ष यसलाई थप विस्तार गरिने लक्ष्य रहेको प्रमुख राईको भनाइ छ ।

सोलार खरिद तथावितरणको लागि जर्मन विकास नियोग, ग्रामीण ऊर्जाका लागि नवीकरणीय ऊर्जा कार्यक्रम र गाउँपालिकाको संयुक्त साझेदारीमा करिब १६ लाख बजेट संयुक्त लगानी गरिएको छ ।

वडाका विपन्न घरधुरीमा सोलार विस्तार भएपछि उनीहरुको दैनिक जीवनयापनमा सहज हुने हतुवागढी गाउँपालिका-७ का अध्यक्ष ध्यानकुमार राईले बताए । अहिलको समयमा टुकीको सहारामा अध्यारो कटाउनुपर्ने बाध्यताका उनीहरुको लागि कार्यक्रम उपयोगी भएको वडा नम्बर ८ का अध्यक्ष प्रविण राईले बताए ।

सोलारको प्रयोगबाट महिलाहरुको स्वास्थ्यमा समेत सकारात्म कप्रभाव पर्ने गाउँपालिका ऊर्जा उपसमितिका प्रमुख तीर्था राईले बताइन् । गाउँपालिकाको अझै चार सय वीपन्न घरधुरीलाई वैकल्पिक ऊर्जाको आवश्यकता रहेको उनको भनाइ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment