
१२ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३० मेमा सपथ लिने भएका छन् । राष्ट्रपति रामनाथ कोविन्दले ट्वीट गर्दै प्रधानमन्त्री र उनका मन्त्रीहरुले ३० मेको दिन साँझ ७ बजे सपथ लिने जानकारी लिएका हुन् ।
एनडीएन संसदीय दलको नेता चयन भएपछि मोदी शनिबार नै ३५३ सांसदको समर्थन पत्र लिएर राष्ट्रपति कहाँ गएका थिए ।
मोदी लगातार दोस्रो पटक प्रधानमन्त्रीको सपथ लिँदैछन् ।
यसअघि २०१४ मा पनि मोदी प्रधानमन्त्री भएका थिए । मोदीको नयाँ सरकारका कोको नयाँ मन्त्री हुनेछन् र कोको हट्नेछन् प्रष्ट भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4