+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एनआईसी एसिया बैंककोे थप शाखारहित बैंकिङ सेवा सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १२ गते २०:५१

१२ जेठ, काठमाडौं । एनआईसी एसिया बैंकले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ३, रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा यही जेठ १० गतेबाट सञ्चालनमा ल्याएको छ।

बैंकले सञ्चालनमा ल्याएको यस शाखारहित बैंकिङ सेवाको उद्घाटन बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख विवेक बन्धु न्यौपानेले गरेका हुन्। उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा उमेश कुमार यादवलाई नियुक्त गरिएको छ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन्। साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ।

यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ।

बैंकका देशैभर २ सय ८३ शाखा कार्यालयहरु र करिब १६ लाख ग्राहक रहेका छन्।

बैंकको वासलातको आकार २ सय ११ अर्बभन्दा बढी पुगेको छ। बैंकको कुल निक्षेप करिब १ सय ६९ अर्ब र कुल कर्जा करिब १ सय ४४ अर्ब रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?