+
+
Shares

बानेश्वरमा कवाव-बिरयानी मेला

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते १८:०८

१३ जेठ, काठमाडौं । स्वादका पारखीहरूलाई लक्षित गरेर कवाव तथा बिरयानी मेला लाग्ने भएको छ । मध्यवानेश्वरस्थित डाइनिङ पार्क रेष्टुरेण्ट एण्ड लाउन्ज बारमा जेठ १५ गतेदेखि मेला आयोजना गरिएको बारका प्रबन्ध निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

दुई हप्तासम्म चल्ने मेलामा सुपथ मूल्यमा कवाव तथा बिरयानी उपलब्ध गराइने श्रेष्ठ बताउँछन् । पारिवारिक वातावरणमा स्वादिलो परिकार उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको उनले जानकारी दिए ।

मौलिक स्वादको कवाव र बिरयानी सर्भ गरिने सेफ गोपाल सिंह बताउँछन् । साढे चार दशक लामो अनुभव बटुलेका सिंहका अनुसार पाहुनाहरूलाई काँचो आँपको सर्वतबाट स्वागत गरिने र डाइनिङ पार्ककै परिकार खुवाइन्छ ।

तस्वीरः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?