Comments Add Comment

पर्यटक त आए तर खर्च घटाए

१४ जेठ , काठमाडौं । नेपाल भ्रमण गर्ने पर्यटक संख्यामा उल्लेख्य वृद्धि भए पनि उनीहरुको नेपाल बस्ने अवधि र गर्ने खर्चमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा ह्रास आएको छ ।

अर्थ मन्त्रालयले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार गत वर्ष १२.६ प्रतिदिन नेपाल बस्ने गरी आएका पर्यटकले प्रतिदिन ५४ डलर खर्च गर्ने गरेका थिए । तर, चालु आर्थिक वर्षको तथ्याङ्क अवधिमा प्रतिदिन ४४ डलर खर्च गरेका पर्यटकले आफ्नो औषत बसाइका दिन पनि छोट्याएर १२.४ दिनमा झरेको झारेको प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो वर्ष ९ लाख ४० हजार २१८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । तर, चालू आर्थिक वर्षमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ११ लाख ७३ हजार ७२ पुगेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । पर्यटक आगमन २४.७७ प्रतिशतले बढ्दा पनि पर्यटकको बसाइ तथा खर्च भने उल्लेख्य रुपमा बढ्न सकेन ।

आर्थिक वर्ष ०७५/७६ को ९ महिनामा पर्यटन क्षेत्रबाट ४७ अर्ब ५९ करोड विदेशी मुद्रा आर्जन भएको थियो । गतवर्ष पर्यटन क्षेत्रको आम्दानी ६७ अर्ब ९ करोड बराबर रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

नेपाल भ्रमणमा आउने पर्यटक संख्याको आधारमा प्रमुख पाँच मुलुकहरु भारत,चीन, अमेरिका,श्रीलंका र बेलायत हुन् । गतवर्ष जस्तै यस पनि सबै भन्दा धेरै पर्यटकले लुम्बीनीको भ्रमण गरेका छन् ।

आन्तरिक र भारतीय स्थलमार्गबाट आएका पर्यटक गरेर चालु आर्थिक वर्षमा मात्रै १५ लाख १७ हजार १३४ जना पर्यटकले लुम्बीनी भ्रमण गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment