Comments Add Comment

खोलाको धार परिर्वतन गरेर प्लटिङ

१४ जेठ, विराटनगर । विराटनगर महानगरपालिका-२ र कटहरी गाउँपालिका-१ को सीमा क्षेत्र भएर बग्ने सिंघिया खोलाको बहाव छेकेर जग्गा प्लटिङ सुरु गरेको छ । सिंघिया खोलाको प्राकृतिक धारलाई परिवर्तन गर्ने गरी तारजाली लगाएर आठ जनाको समूहले जग्गा प्लटिङ सुरु गरेको हो ।

जग्गा प्लटिङ गर्ने समूहमा दूरसञ्चार प्राधिकरणका वर्तमान तथा निवर्तमान कर्मचारीहरु समेत छन् । विराटनगरमा रहँदा दूरसञ्चारका कर्मचारीहरु राजेश सापकोटा, गोकर्ण माझी, अमरनाथ झा, ज्ञानशुल्क अधिकारी, महेन्द्र यादव, राजेन्द्र चौधरी, धनेश्वर साह, हेमनारायण अचार्यले २०४९ सालमा कटहरी गाउँपालिका-१ मा २ विगाह ९ कट्टा १० जग्गा खरिद गरेका थिए ।

त्यही क्षेत्रमा कटहरी र विराटनगर जोड्ने पुल बनेपछि अहिले जग्गाको भाउ आकाशिएको छ । त्यसैले सिंघिया खोलाको बहाव नै छेकिने गरी तारजाली र ढुंगाबाट ग्याबिङ बाध बाधेका हुन् ।

उनीहरुले ६५ मिटर भन्दाबढी खोलाको बहाव छेक्न बाध बाधेका छन् ।

दुई वर्षअघि सिंघिया खोलामा आएको बाढीका कारण विराटनगर जलमग्न भएको थियो । सामान्य पानी पर्दा जलमग्न हुने विराटनगरको वडा नम्बर १ र २ को वडा अब थप जोखिममा पर्ने देखिन्छ ।

जग्गाधनी भन्छन् : दुई मिटर त छाडेका छौं 

जग्गा धनी मध्येका एक गोकर्ण माझीले भने खोलाको धार नम्बरी जग्गा पुगेपछि संरक्षणका लागि तारजाली लगाइएको बताए । उनीहरुले दुई मिटर जग्गा छाडेको समेत दाबी गरेका छन् ।

आफ्नो जग्गा बगिरहेको खोलाको धारमा परेपछि दुई मिटर छाडेर अन्य जग्गा संरक्षणका लागि बाध बाँधिएको राजेश सापकोटाले जानकारी दिए । ‘हामीले दुई मिटर जति जग्गा छाडेका छौं,’सापकोटाले अनलाइनखबरसँग भने, ‘प्लटिङ गरेको होइन, जग्गा संरक्षण मात्र गरेका हौं ।’

पहिले खेला भएको ठाउँमा सुकुम्बासी बस्ती बसेको उनीहरुको दाबी छ ।

प्लटिङ गरिरहेको स्थानमा जग्गाको भाउ एक धुरको ४ लाख रुपैयाँसम्म पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment