Comments Add Comment

गणतन्त्र जीवनपद्धतिको रूपमा स्थापित : राष्ट्रपति

१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित हुँदै गएको बताएकी छन् । यो सबै नेपालीका लागि गौरवको विषय भएको उनको भनाइ छ ।

बाह्रौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘विश्वमा लोकपि्रय तथा समृद्ध पद्दतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रुपमा मात्र नभई जीवनपद्धतिका रुपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ । यो सबैका निम्ति गौरवको विषय हो ।’

राष्ट्रपति भण्डारीले समृद्धिको अपेक्षा साकार पार्नु हामी सबैको उत्तरदायित्व भएको बताएकी छन् । सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर भएको उल्लेख गर्दै उनले समृद्धि हासिल हुनेमा आफू विश्वस्त रहेको पनि बताएकी छन् ।

उनले मुलुकको समग्र विकास र समृद्धिका लागि आआफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा आह्वान पनि गरेकी छन् ।

समृद्धिको आकांक्षा पूरा गर्नु सबैको कर्तव्य : उपराष्ट्रपति

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले पनि गणतन्त्र दिवस, २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै समाजवाद उन्मुख अर्थ व्यवस्थासहितको नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्न सरकार, सबै राजनीतिक दल तथा सबै पक्षको कर्तव्य भएको बताएका छन् ।

आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागीतामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण सबैको साझा संकल्प भएको उनको भनाइ छ ।

जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको सफलताबाट नै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता अग्रगामी राजनीतिक परिवर्तनहरु भएको उनले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment