+
+
Shares

‘केजीएफ २’मा इन्दिरा गान्धी बन्दै रविना

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १५ गते १३:१२

एस स्टारर चलचित्र ‘केजीएफ’ले बक्स अफिसमा धमकेदार कमाई गर्यो । यो चलचित्रको व्यापारबाट उत्साहित हुदैँ निर्माण युनिटले यसको दोस्रो भाग निर्माण गर्ने घोषणा गर्यो । पुन: बक्स अफिसमा तहल्का मच्चाउने सोच सहित अहिले यो चलचित्रको छायांकन भइरहेको छ ।

यस्तैमा ‘केजीएफ’को दोस्रो भागमा बलिउड नायिका रविना टण्डनको प्रवेश भएको समाचार अहिले निकै चर्चामा छ । यो चलचित्रका लागि उनी र निर्माण युनिटबीच लिखित सम्झौता पनि भइसकेको छ । चलचित्रमा रविनाले निर्वाह गर्ने भूमिका निकै महत्वपूर्ण रहेको बताइएको छ । खबरका अनुसार यो चलचित्रमा रविनाले भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गर्नेछिन् ।

यो चलचित्रका लागि निर्माण युनिटले कुनै पनि कुरामा कञ्जुस्याँइ नगर्ने बताएको छ । महंगो बजेटमा बन्ने यो चलचित्रलाई प्रशांन्त निलले निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?