+
+
Shares

सुनकोशी मरिन बहुउद्देशीय डाइभर्सन पनि राष्ट्रिय गौरवको आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १५ गते १७:०५

१५ जेठ, काठमाडौं । सरकारले सुनकोशी मरिन बहुउद्देशीय आयोजनालाई राष्ट्रिय गौरवमा समावेश गरेको छ । यससँगै अब राष्ट्रिय गौरवका आयोजनाको संख्या २२ पुगेको छ ।

सरकारले आगामी वर्षको बजेटमा यो आयोजनाका लागि २ अर्ब ८ करोड बजेट छुट्याइएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को बजेटमा यस्तो घोषणा गरिएको हो ।

मध्य तराईका बारा, रौतहट, महोत्तरी र सर्लाही जिल्लाका २२ हजार हेक्टर सुख्खा जमिनमामा सिञ्चाई सुविधा दिने गरी यो डाइभर्सन आयायोजना निर्माण गर्न लागिएको हो ।

आयोजनाको डीपीआर लभग तयार भएको छ । सुनकोशीमा बाँध बाँधेर १३ किलोमिटर लामो सुरुङमार्फत् सिन्धुलीकै मरिणखोलामा पानी झारिने छ । त्यहाँ ४३ मेगावाट विद्युत पनि उत्पादन गरिने छ ।

६६ मिटर हेटडबाट पानी झारेर बिजुली उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-६ को सितलपाटी खाल्टेमा बाँध बनाएरसुरुङ मार्फत मरिणमा पानी खसालिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?