Comments Add Comment

युवा तथा खेलकुदमा ४ अर्ब बजेट, मुलपानीलाई १० करोड

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/०७ का लागि युवा तथा खेलकुदलाई ३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । यो अघिल्लो वर्षको भन्दा १ अर्ब ९५ करोड बढि हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा गरेको बजेट भाषण गर्दै युवा तथा खेलकुदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए ।

काठमाडौं उपत्याकामा अन्तर्राष्ट्रिय खेलकुद परिसरको निर्माण गर्न प्रारम्भिक अध्ययन गरिने, सबै प्रदेश र स्थानीय तहमा प्रदेशस्तरको रंगशाला, खेलग्रामको निर्माण गरिने बजेट भाषणमा उल्लेख छ । त्यस्तै, निर्माणाधिन अवस्थामा रहेको मुलपानी क्रिकेट मैदान सम्पन्न गर्न १० करोड बजेट विनियोजन गरेको अर्थमन्त्री डा. खतिवडाले बताएका छन् । दुई वर्षमा निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

त्यस्तै, सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पनि बजेट छुट्याएको छ । क्रिकेट एकेडमी निर्माणदेखि निजी क्षेत्रलाई खेलकुदमा आबद्ध गर्न सरकारले प्रोत्साहन गर्ने उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment