+
+
Shares

सिँचाइमा छुट्टियो साढे २३ अर्ब, सुनकोशी–मरिन राष्ट्रिय गौरवमा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १५ गते २३:२७

१५ जेठ, काठमाडौं । सरकारले सिंचाई क्षेत्रका लागि २३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै सिञ्चाईं क्षेत्रका लागि २३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन् ।

अर्थमन्त्री खतिवडाले निर्माणाधीन राष्ट्रिय गौरवका रानी जमरा, भेरी बबई डाइभर्सन र बबई आयोजना अघि बढाइने जानकारी दिए । उनले सुनकोशी–मरिन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्न २ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको समेत जानकारी दिए ।

बजेटमा कृषिका सुपर जोन, जोन, पकेट र ब्लकहरूमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याइने साथै जलस्रोतका बहुउद्धेश्यीय आयोजनाहरु विकासमा प्राथमिकता दिई खानेपानी‚ सिञ्चाई‚ विद्युत‚ नदी नियन्त्रण र वातावरण प्रबर्द्धन पक्षलाई समेत समेटिनेछ। साना सिञ्चाई‚ टार सिञ्चाई‚ स्यालो ट्युवेल लगायतका साना तथा मझौला आयोजनाहरू प्रदेश तथा स्थानीय तहसँगको लागत सहभागितामा सञ्चालन गरिने उल्लेख गरिएको छ ।

यसैगरी सुनसरी–मोरङ तथा नारायणी लिफ्ट सिञ्चाई प्रणालीलाई पुनर्स्थापना गर्न, कालीगण्डकी–तिनाउ, तमोर–चिस्याङ, माडी–दाङ, राप्ती–कपिलवस्तु, पश्चिम सेती–कैलाली पाण्डुल डाइभर्सन तथा कन्काई बहुउद्देश्यीय आयोजना लगायतका आयोजनाहरुको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्न समेत बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

बजेटमा उच्च पहाडी भूभागका उपयुक्त स्थानमा ठूला पोखरीहरु निर्माण गरिने, पोखरीको पानी उपयोग गरी उच्च प्रविधिमा आधारित थोपा सिञ्चाई प्रणाली सञ्चालन गरिने, नदीप्रणाली व्यवस्थित गर्दा उपलब्ध हुने नदी उकास जमिनमा आवश्यकता अनुसार वस्ती विकास र वृक्षारोपण गरिने लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?