Comments Add Comment

युरोपा लिगको उपाधि चेल्सीलाई

Photo Credit : युरोपा लिग

१६ जेठ, काठमाडौं । इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि कब्जा गरेको हो । चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्डले दुई गोल गरे । त्यस्तै, ओलिभर जेरुड र पेड्रो रोड्रिगेजले समान १–१ गोल गरे । यता, आर्सनलका लागि एलेक्स इओबीले एक गोल गर्न सफल भए ।

फाइनल खेलको पहिलो हाफसम्ममा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा चेल्सीले चार गोल ठोक्दा आर्सनलले एक गोल मात्रै गर्न सफल भयो । ४९ औं मिनेटमा जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

पेड्रोले ६० औं मिनेटमा गोल गर्दै चेल्सीलाई २–० गोलको अग्रता दिलाएका थिए । एकपछि अर्को गोल गर्ने क्रममा चेल्सीले खेलको ६५औं मिनेटमा तेस्रो गोल गर्न सफल भयो यो पटक भने हजार्डले गोल गरेका थिए । तर खेलको ६९ औं मिनेटमा इओबीले गोल गरेपछि आर्सनल ३–१ गोलको स्थितिमा आयो । खेलको ७२औं मिनेटमा चेल्सीले फेरी अर्को गोल थप्यो । यो पटक पनि हजार्डले गोल गर्दै चेल्सीलाई ४–१ गोलको फराकिलो जित दिलाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment