Comments Add Comment

मोदीको सपथ सहारोहमा विनोद चौधरीलाई पनि निम्तो, आज दिल्ली प्रस्थान

Photo Credit : अनलाइनखबर फाइल

१६ जेठ, काठमाडौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा नेपालका उद्योगी विनोद चौधरीलाई पनि निम्तो आएको छ । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी मोदीको सथप ग्रहण समारोहमा भाग लिन बिहीबार बिहान दिल्ली गएका छन् । भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि चौधरी दिल्ली गएका हुन् ।

भारतका प्रधानमन्त्रीको सपथ ग्रहण समारोह विहीबार साँझ भारतीय समय अनुसार सात बजे राष्ट्रपति भवनमा आयोजना गरिएको छ । सोही अवसरमा मोदी सरकारका मन्त्रीहरूले पनि सपथ ग्रहण गर्ने कार्यक्रम छ । सांसद चौधरी सपथ ग्रहणपछि शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

अध्यक्ष चौधरी भारतका प्रधानमन्त्री मोदीसँग व्यक्तिगत रूपमा समेत निकट मानिन्छन् ।सन् २०१४ मा मोदीको पहिलो प्रधानमन्त्री कार्यकालका लागि सपथ ग्रहण समारोहमा पनि चौधरीलाई निमन्त्रणा गरिएको थियो । मोदी गुजरातको मुख्यमन्त्री हुँदादेखि नै चौधरीसँग सुमधुर सम्वन्ध रहदै आएको छ ।

विनोद चाैधरीलाई नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment