Comments Add Comment

कर्णालीमा अनुदान दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी

१९ जेठऽ सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अनुदानको रकम दुरुपयोग गर्ने कृषकलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिएकी छन् ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका-२ लेखपराजुलका कृषकलाई उन्नत जातका बोका वितरणका क्रममा सो कुरा बताउँदै उहाँले अनुदान सदुपयोग भएनभएको निरन्तर अनुगमन गरिने जानकारी दिइन् ।

सरकार कृषकका पक्षमा रहेकाले अनुदानको रकम सदुपयोग गरी सरकारलाई सहयोग गर्न आग्रह गर्दै मन्त्री केसीले सहकारी क्षेत्र नै समाजवादको मुख्य आधार भएकाले त्यसमार्फत कृषकलाई प्रवद्र्धन र प्रोत्साहन गर्न सरकार सधैँ तयार रहेको बताइन् ।

कार्यक्रममा चुरे पर्वत साना किसान कृषि सहकारी संस्थाका ८५ सदस्यलाई उन्नत जातको बोका वितरण गरिएको थियोे । भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त ५० लाख अनुदान सहयोगबाट बोका खरिदका साथै औषधि र खोर सुधार लगायतमा खर्च गरिएको पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए । कृषकलाई गोलाप्रथाका माध्यमबाट बोका छनोट गर्न लगाइएको थियो ।

मन्त्री केसीले आइतबार वीरेन्द्रनगरस्थित भेटनेरी अस्पतालबाट स्थानीय कृषकलाई ३४ जर्सी गाई प्रदान गरिन् । मन्त्रालयको युवालक्षित कार्यक्रमअन्तर्गत कैलालीबाट ती गाई ल्याइएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment