Comments Add Comment

प्रधानमन्त्री कप : प्रदेश ५ सँग एपीएफ पराजित

१९ जेठ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले पहिलो हार ब्यहोरेको छ ।

तीन खेलमा लगातार जित हात पार्दै एक खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको एपीएफले आफ्नो अन्तिम खेलमा प्रदेश ५ सँग तीन विकेटले पराजित भएको हो ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेटको क्षतिमा १८४ रन बनाएको थियो । तर वर्षाको कारण खेल ३२ ओभरमा छोट्याइएपछि प्रदेश पाँचले १४२ रनको लक्ष्य पाएको थियो ।

एपीएफका लागि प्रदीप ऐरीले अविजित ७७ रन बनाएका थिए । त्यस्तै, सन्दीप जोराले २२ रन बनाए । बलिङतर्फ कृष्ण कार्कीले तीन र सन्दीप सुनारले दुई विकेट लिए ।

१ सय ४२ रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले २९.५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । प्रदेश ५ का लागि प्रनित थापामगरले ३०, शौरभ खनालले २९ र शुभेन्दु पाण्डेले २० रन बनाए । बलिङतर्फ एपीएफका अमरसिंह रौटेलाले दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

छोरा ! उठ न

Advertisment