+
+
Shares

नयाँ वर्षमा महिन्द्राको ‘बन्डल अफर’ अन्तर्गत बम्पर विजेताको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १९ गते २०:१२

१९ जेठ, काठमाडौं ।अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रा.लिद्वारा नयाँ वर्ष २०७६ को अवसरमा ‘खुशी आउँछ बन्डलमा’ योजना अन्तर्गत बम्पर विजेताको घोषणा गरिएको छ ।

नेपालगञ्जका श्यामलाल थारुले बम्पर जित्न सफल भएका छन् । कुपन नं २०६४ का थारुले बम्पर उपहार अन्तर्गत होम अप्लायन्सहरू प्राप्त गरेका छन् । यस योजनामा विजेता बन्न सफल श्यामलाल थारुलाई हार्दिक बधाई सहित उपहार प्रदान गरिएको छ । हरेक पन्ध दिनमा एकजना भाग्यशाली विजेतालाई बम्बर उपहार प्रदान गरिन्छ ।

यसअघि बम्पर विजेताको रूपमा पोखराको न्यूरोडका रबिन कुमार विकले बम्पर जित्न सफल भएका थिए ।

योजना अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरीद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गरी हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरू प्रदान गरिन्छ ।

साथै यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरीदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा न्यूनतम १० हजारदेखि १ लाख रुपैयाँसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नेछन् । यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रूपमा प्राप्त गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?