+
+

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा क्यापिटलबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १९ गते २०:२३

१९ जेठ, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच सम्झौता भएको छ ।

यसै सम्बन्धमा सर्वसाधारणका लागि जारी गरिने ६३ करोड रकम बराबरको शेयरको सार्वजनिक निष्काशन सम्बन्धि सम्पूर्ण कार्य निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच सम्झौता भएको हो ।

सो सम्झौतामा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

सिद्धार्थ बैँक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्सले २०७४/०८/०१ गतेदेखि विधिवत रुपमा जीवन बिमा व्यवसाय संचालन गर्दै हाल ८८ वटा शाखा/उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीको अधिकृत पूँजी ३ अर्ब र जारी पुँजी २ अर्व १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?