Comments Add Comment

होटलमा आगलागी हुँदा २ लाखको क्षति

२० जेठ, वीरगञ्ज । वीरगञ्जमा सञ्चालित एक होटलमा आइतबार राति आगलागी भएको छ । महानगरपालिकाको वडानम्बर २१ मा भारत उत्तर प्रदेश घर भएका गुड्डु पराजुलीले संचालन गरेको होटेलमा आगलागी भएको हो ।

आगलागीबाट २ लाख ११ हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आगालीबाट १० फिट लम्बाई १५ फिट चौडाई जस्ताको छाना, बाँस, खरको टाटी भएको घर आंशिक रूपमा जलेको छ । त्यसैगरी आगलागीबाट ना१प ५९५२ नम्बरको मोटरसाइकल, फ्रिज, काठको घुम्ती, भाडावर्तन र किराना सामानसमेत नष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment